धरानका डिएसपी जबेगु बने सर्वोत्कृष्ट प्रहरी
बिराटनगर : ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगु मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कामको उच्च मुल्यांकन गर्दै जबेगुलाई बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको हो ।
कोशी प्रदेश प्रहरीका अनुसार सरकारी नम्बर प्लेट लगाएको दुईवटा गाडीलाई ४ राउन्ड गोली प्रहार गरेर ६९० केजी गाजा र चालक पक्राउ गर्न सफल भएको, विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको जनाएको छ ।
यसैगरि, भन्सार चोरी पैठारी गरि ल्याएको १७ लाख ३२ हजार ४३० रुपैयाँ बराबरको सामान वरामद गर्न सफल भएकोले डिएसपी जबेगुलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।