नझरेका फूलहरूको ४६औं शृङ्खला सम्पन्न : कवि पुरन याक्खा सम्मानित

नझरेका फूलहरूको ४६औं शृङ्खला सम्पन्न : कवि पुरन याक्खा सम्मानित

सुन्दरहरैँचा / नझरेका फूलहरूको आयोजनामा धरान
संगीत प्रतिष्ठानमा सम्पन्न ४६औं पलेँटी साँझ शृङ्खलामा कवि पुरन याक्खालाई ५१ हजार रूपैयाँ नगदसहित सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि कवि वम देवान तथा धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राईले संयुक्तरूपमा याक्खालाई दोसल्ला ओढाइ सम्मानपत्र र नगद प्रदान गर्दै उनको कला तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

कवि याक्खाले कविता क्षेत्रलाई नयाँधार र चेतनशील दृष्टिकोण दिएकोले उनकाे योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले जानकारी दिए । कार्यक्रममा याख्खाको हालै प्रकाशित कविता संग्रह ‘गर्भभित्र’ का कविताहरू विभिन्न कविहरूले वाचन गरेका थिए । कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *