“नझरेका फूलहरू” शृङ्खलाको ४६औं भाग सम्पन्न, पत्रकार कृष्णचन्द्र सुवेदी सम्मानित
“नझरेका फूलहरू” शृङ्खलाको ४६औं भाग सम्पन्न, पत्रकार कृष्णचन्द्र सुवेदी सम्मानित
सुन्दरहरैंचा, बैशाख २८
साहित्यिक तथा सांस्कृतिक अभियानस्वरूप सञ्चालित “नझरेका फूलहरू” शृङ्खलाको ४६औं श्रृङ्खला शनिबार धरान
मा सम्पन्न भएको छ। कार्यक्रममा सक्रिय पत्रकारिता मार्फत समाजमा योगदान पु¥याएका वरिष्ठ पत्रकार कृष्णचन्द्र सुवेदीलाई विशेष सम्मान प्रदान गरिएको छ।
साहित्य, पत्रकारिता तथा समाजसेवामा योगदान पुर्याउँदै आएका सुवेदीलाई कार्यक्रम आयोजक संस्थाले सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट व्यक्तिहरूले सुवेदीको पत्रकारिताको यात्रा, सत्य खोज्ने निर्भीकता र मुल्यमान्यताप्रति समर्पणको प्रशंसा गरे।
कार्यक्रममा साहित्यकार, पत्रकार, कलाकार तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति थियो। विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, कविता वाचन र अनुभव साझेदारीद्वारा कार्यक्रम जीवन्त बनेको थियो।
शृङ्खलाको आयोजक संस्थाले यस प्रकारका कार्यक्रममार्फत समाजमा योगदान दिने व्यक्तित्वहरूको पहिचान र सम्मान गर्न पाउँदा गर्व महसुस भएको जनाएको छ।
