सुन्दरहरैंचा छठ सेवा समितिको आयोजनामा किस्ती खोला छठ घाट शृगारिदैं

सुन्दरहरैंचा छठ सेवा समितिको आयोजनामा किस्ती खोला छठ घाट शृगारिदैं

सुन्दरहरैंचा नगरपालिका छठ सेवा समितिले किस्ती खोलामा बिगत २०५२ सालदेखि छठ पुजा गर्दै आएको छ। वडा -१० मुख्य राजमार्गको उत्तरपट्टी अव्यवस्थित रुपमा छठ पुजा सेवा समितिले घाट निर्माण गरि पुजा गर्दै आएकोमा गत वर्ष देखि वडा -१२ मुख्य राजमार्गदेखि दक्षिण सर्दै आएको छ।
यस वर्ष समेत सुन्दरहरैंचा छठ सेवा समितिको आयोजनामा किस्ती खोला छठ घाट शृगारिदैं छ भने बिजुली र झिलिमिली बती जोड्ने तथा घाट ब्यबस्थापनको ८० प्रतिशत काम सकिएको आयोजकले जनाएको छ।

स्थानीय सरकारले स्थायी रुपमा घाटलाई ब्यबस्थित गर्न नसक्दा समस्या भएको छठ सेवा समितिमा सहयोगी भुमिका निर्वाह गरेका स्थानीय घनश्याम शर्माले बताए।

छठमा पछिल्लो समय रुचि र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रूपमा लिएर घाट सङ्ख्या पनि बढाइएको छ। गत वर्ष भन्दा यस वर्ष ३२ वटा घाट निर्माण गरेको र रात्रिकलीन जाग्राम बस्दा चोरी पकेटमार देखि सावधान रहन तथा अन्य शान्ति सुरक्षाका लागि सम्बन्धित प्रशासनलाई जानकारी गराएको संयोजक अरुण मेहताले बताए। छठ स्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरको नगर प्रहरीको तैनाथ गरिनेछ ।

छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा छ । पवित्र मनले सूर्यलाई अर्घ दिँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्ध्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ ।

भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको छ । पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *