नेशनल लघवित्त वित्तीय संस्था र नोवेल मेडिकल विच स्वास्थ्य सेवामा सम्झौता

नेशनल लघवित्त वित्तीय संस्था र नोवेल मेडिकल विच स्वास्थ्य सेवामा सम्झौता

सुन्दरहरैंचा /

काभ्रेपलान्चोक जिल्ला वनेपामा नगरपालिका १० मा केन्द्रिय कार्यालय रहेको नेशनल लघुवित्त वित्तीय संस्था र नोवेल मेडिकल कलेज शिक्षण अस्पताल विच स्वास्थ्य सहुलियत सम्बन्धी समझौता भएको छ।

एक कार्यक्रम गरी नेशनल लघुवित्त वित्तीय संस्था लि. मा आवद्ध कर्मचारी र ग्राहक सदस्यलाई बिराटनगर स्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा औषधीमा ५ प्रतिशत ,ल्याव टेष्ट, सिटी स्क्यान , एम. आर.आई, इण्डोस्कपी , माईनर ÷ मेजर अपरेसन र वेड चार्जमा १५ प्रतिशतमा छुट दिने सम्झौता भएको छ।
संस्थाका तर्फवाट संस्थाका अनुगमन कार्यालय मोरङका अनुगमन अधिकृत खगेन्द्र भट्टराई ,औरावनी शाखाका शाखा प्रमुख कल्पना चौलागाई र नोवेल मेडिकल कलेज शिक्षण अस्पतालका तर्फवाट अस्पताल संचालक डा. राजेश नेपाल र मार्केटिङ अफिसर नविन दाहालले सम्झौतामा हस्ताक्षर गरी सम्झौता गरिएको नेशनल लघवित्त वित्तीय संस्था बिराटचौक शाखा प्रबन्धक शर्मिला देवी विश्वकर्माले जनाकारी दिनुभयो।

सम्झौता १ वर्षका लागी गरिएको सम्झौता पश्चात नेशनल लघुवित्तमा आवद्ध ग्राहक सदस्य र कर्मचारीको स्वास्थ्य उपचारमा सहजता हुनेआशा र विश्वास लिइएको शाखा प्रबन्धक विश्वकर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *