प्रथम रंगटोली गोल्ड सुरु, उदघाटन खेल पूर्वान्चल युनाइटेड क्ल्व र तालतलैया फुटबल क्लब बीच हुने
मोरङको ग्रामथान गाउँपालिका वडा -३ को लक्ष्मी आधारभुत विद्यालयको खेलमैदानमा प्रथम रंगटोली गोल्ड कप हुने भएको छ।
रंगटोली यूवा क्लबको आयोजनामा ८ वटा टिमको सहभागी रहने छ। सो खेलमा पूर्वान्चल युनाईटेड क्लब , तालतलैया फुटबल क्लब, एपिएफ नेपाल पकली, बिराट मेघा स्पोर्ट्स एकेडेमी बिराटनगर, गोल्डेन स्टार युथ क्लब, कोशी प्रदेश प्रहरी टिम, रंगटोली युवा क्ल्ब ( ब्याल्क डायमण्ड आयोजक) र सिमरिया एफसी दुहबी रहेका छन।
उदघाटन खेल अगामी कर्तिक २३ गते शुक्रबार पूर्वान्चल युनाइटेड क्ल्व र तालतलैया फुटबल क्लब बिच हुनेछ।
सो खेलको प्रथम पुरस्कार राशी १ लाख १ हजार नगद तथा ट्रफी, मेडल र दोश्रो पुरस्कार राशी ५१ हजार नगद तथा ट्रफी, मेडल रहने क्लबका अध्यक्ष सुनिल कुमार भगतले पत्रकार सम्मेल गर्दै जानकारी गराएका छ्न ।
आर्थिक व्यवस्थापन समिती संयोजक शिवनारायण माझीले कार्तिक ३० गते सम्म चल्ने सो खेलको तयारी अन्तिम चरणमा पुगेको बताउदै खेलको अनुमानित कुल लागत १२ लाख ४० हजार लाग्ने बताए। गाउँपालिका, प्रदेश खेलकुद विकास बोर्ड, वडा कार्यालय तथा बिभिन्न संघसंस्था, व्यक्तिगत सहयोबाट संचालन हुने जनाएको छ। कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य प्रदिप भगतले खेल एउटा मनोरञ्जनको लागि मात्र नभएर स्वास्थ्यको लागि समेत महत्त्वपूर्ण रहेको भन्दै आफू समेत आज खेल क्षेत्रबाट यहाँ सम्म आएको भन्दै आयोजकलाई शुभकामना व्यक्त गरेका थिए।
क्लबका अध्यक्ष भगतका अनुसार प्रवेश नि:शुल्क रहने र प्रतिदिन २ हजार भन्दा बढी अनुमानित दर्शकले खेल हेर्ने लक्ष्य लिएको बताएका छन।




