प्रदेश १ : नव निर्वाचित सांसदको पुस ११ गते सपथ ग्रहण, ज्येष्ठ सदस्य गयानन्द मण्डलले सपथ गराउने

इटहरी । प्रदेश १ प्रदेशसभा सचिवालयले नव निर्वाचित प्रदेशसभा सदस्यलाई पुस ११ गते सपथ ग्रहण गराउने भएको छ । प्रदेश १ प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीका अनुुसार ११ गते दिउँसो साढे १ बजे सपथ ग्रहणका लागि समय तोकिएको हो । 

https://janacharchatimes.com.np/wp-content/uploads/2023/08/358573545_688298886644492_2885704287178363969_n.jpg >

९३ सदस्यीय प्रदेशसभामा ज्येष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश प्रमुखबाट सपथ ग्राहण गरेपछि प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउनेछन् । सपथ ग्रहणका लागि मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई खबर गरिएको उनले बताए । प्रदेश १ मा प्रत्येक्ष तर्फ ५६ र समानुपातिक तर्फ ३७ जना निर्वाचित भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ