दमकबाट ब्राउन सुगरसहित तीन जना पक्राउ
झापा : झापाको दमकका तीन युवक लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । सीमावर्ती झापा गाउँपालिका–४ मा भारतबाट नेपालतर्फ आउदैं गरेका दमक नगरपालिका–१ बस्ने २९ वर्षीय किशोर खवास, सोही ठाउँ बस्ने २८ वर्षीय सुरज राजवंशी र २८ वर्षीय सुनिल साह प्लास्टिकसहित २ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा सुनिल साहले प्लास्टिकसहितको ब्राउन सुगर खेतमा फालेका थिए । तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।





