झापाकाे शिव सताक्षीमा पाेलबाटै ट्रान्समिटर गायब

झापा । चोरीका घटना पनि अनौठा अनौठा हुन्छन् । चोरले ज्यान नै जोखिममा राखेर झापाको शिवसताक्षीमा एउटा चोरीको अनौठो घटना घटाए । कतिपयले यसलाई आर्थिक मन्दीको कारण यो घटना घटेको अनुमान गरेका छन् ।

शिवसताक्षीको ११ नम्बर वडा स्थित झिलझिलेमा ११ हजार भोल्ड क्षमताको विद्युत लाईनमा जडान भएको ट्रान्सर्फमरमिटर चोरी भएको छ । यो ट्रान्सर्फमरमिटर पुर्वपश्चिम राजमार्ग संग जोडिएका विद्युत पोलबाट चोरी भएको हो । रतुवामाई वृक्षारोपण आयोजना हातामा रहेको घटना स्थल ईलाका प्रहरी कार्यालय झिलझिलेबाट करिव ४ सय मिटर पश्चिममा पर्छ ।

सोमबार विहानको राती ट्रान्सर्फमर चोरी भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । चोरले विद्युत कटौती नगरी नै ट्रान्सर्फमर पोलबाट भुईँमा झारेर त्यस भित्रको तेल र तामा गायब बनाएको हो । ‘ विद्युत पोलको करिव ८ फिट उचाईमा ट्रान्सर्फमर थियो । स्थानियका अनुसार चोर सिपालु हुनुपर्छ । ११ हजार भोल्ड क्षमताको विद्युत लाईनमा जडान भएको तार काटेर ट्रान्सर्फमरभित्रको तामा र तेल चोरी भएको हो ।

प्राधिकरण श्रोतका अनुसार ५० केभिए क्षमताको उक्त ट्रान्सर्फमरमा करिव ७० केजी तामा हुन्छ । बजारमा तामाको सरदर मुल्य २२ सय छ । ‘यो एक दुई जनाले मात्र ज्याननै जोखिममा राखेर चोरि गर्न सक्ने सामथ्र्य हुँदैन ।,’ झिलझिले प्रहरीले भन्यो ट्रान्सर्फमरको बाहिरी आवरण घटना स्थलमै छ । अन्य भित्री बहुमुल्य धातु चोरी भएको हो ।’

ट्रान्सर्फमर भुईमा खसाल्न, त्यसभित्रको बहुमुल्य धातु निकाल्न प्रयोग गरिने औजार सहित समुहमा चोरहरु आएको हुनसक्ने स्थानियले अनुमान गरेका छन् । चोरहरु गह्रौ बस्तु उचाल्न प्रयोग गरिने गल समेत लिएर आएका थिए । उनिहरुले गल घटनास्थलै छाडेको प्रहरीले बताएको छ ।

स्थानिय देवेन्द्र खाद्य उद्योगले ६८ सालमा उद्योगका लागि निजी खर्चमा उक्त ट्रान्सर्फमर खरिद गरेको थियो । उद्योगका संचालक देवेन्द्र कार्कीले भने,‘ त्यो बेला ३ लाख २० हजारमा खरिद भएको हो ।’ उद्योग बन्द भएको मौका छापेर ट्रान्सर्फमर चोरी भएको उनले बताए ।

यो घटनामा विद्युत संग सम्बन्धित काम गर्ने अनुभवी कामदार वा कर्मचारीको संलग्नता रहेको स्थानियले बताएका छन् । जो कोहीले ज्यानको बाजी थापेर विद्युत सप्लाई भइरहेको तार काटेर ट्रान्सर्फमर चोरी गर्न नसक्ने स्थानिय दशरथ खरेलले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ