मोरङमा मोटर साइकल दुर्घटनामा दुई जनाको मृत्यु :

 इटहरी । मोरङमा मोटर साइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।बा ६३ प १२२७ नम्बरको मोटर साइकलमा सवार भएका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।कोसी राजमार्गअन्तर्गत बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो ।

दुवैलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। चालकलाई अस्पतालमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए भने अर्का घाइतेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तिलक कार्कीले बताए । मोटर साइकलधनी पत्ता लगाएपछि मात्रै उनीहरूको पहिचान खुल्ने प्रवक्ता कार्कीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *