हाँस्यब्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल पुन: अर्को म्युजिक भिडियो सार्वजनिक

हाँस्यब्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ को ‘घर मेरो भुटाइ टोल’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

बोकेदाह्रीको स्वर तथा संगीतमा रहेको गीतमा एलएन गच्छदारको शब्द र डम्बर लिम्बुको एरेन्ज रहेको छ ।

सुमन तामाङको छायांकन रहेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै अच्यूत अधिकारी (व्याए भुटान), कृष्ण काफ्ले, कृष्ण सुबेदी, प्रभा पौडेल, डम्बर राई, आर्यन शर्मा, दिपेश पोखरेल, ज्याक लगायतको अभिनय रहेको छ । भिडियो हेमन्त तामाङले सम्पादन गरेका हुन ।

बोकेदाह्रीले केहीदिन अघि ‘काका हरायो’ बोलको शन्देसमुलक गीत बजारमा ल्याएका थिए । 

उनका ‘ए बा किन्देउ न भट्भटे’, ‘बाँके बर्दिया’, ‘सररर इज्निने गाडीमा’, ‘डाँडाघरे काका मरे लगायतका दर्जनौँ गीत दर्शकमाझ लोकप्रिय छन् । 

भिडियो हेर्नुहोस् :

(584) GHAR MERO BHUTAI TOLE ( घर मेराे भुटाइ टाेल ) : Shree Krishna Luitel (BOKE DARI) New Song 2023 – YouTube

Leave a Reply

Your email address will not be published. Required fields are marked *