झापाकाे बाहुनडागीबाट साढे ९ किलाे चादिकाे गहना सहित यादव पक्राउ

इटहरी । झापाकाे मेचि नगरपालिका ४ बाहुनडागीकाे सिमा नाकाबाट अवैध रूपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेकाे   ९ किलाे ७७८ ग्राम चाँदिकाे गहना र दुर्लभ कस्तुरी बिना जस्ताे देखिने सामग्री सहित तस्करीमा संलग्न एक जनालाइ सशस्त्र प्रहरी टाेलीले पक्राउ गरेकाे छ ।

महोतरी जिल्ला बर्दिबास नगरपालिका -३ गौरी बास बस्ने बर्ष ४४ को यादव राज घिमिरेलाइ सशस्त्र प्रहरीकाे गस्ती टाेलीले पक्राउ गरेकाे हाे ।  ससश्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट  बाहुनडाँगीका प्रमुख  प्रहरी निरिक्षक बिदुर भट्टराईको कमाण्डमा खटिएकाे टाेलीले शनीबार मध्यरातकाे १२ बजे तस्करीमा संलग्न घिमीरेलाइ साे सामग्री सहित पक्राउ गरेकाे हाे ।

पक्राउ परेकाे घिमीरेकाे साथबाट सशस्त्र प्रहरीले  ९ किलाे ७७८ ग्राम चादिका गरगहना र दुर्लभ मानिने कस्तुरी बिना जस्ताे देखिने सामग्री १६. ४३० ग्राम र उनले प्रयाेग गरेकाे मे ५ प २२०४नं काे माेटरसाइकल बरामद भएकाे छ । बरामद भएकाे चादि भन्सार मुल्य कायम अनुसार  नेपाली बजारमा ५ लाख ७८ हजार ४ सय ३१रूपैया रहेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

सिमामा खटिएका प्रहरीलाइ देखेर छलेर हिडदै गर्दा शंका लागि चेकजाच गरेपछि साे परिमाणकाे सामग्रीहरू बरामद भएकाे ससश्त्र प्रहरीले जनाएकाे छ । बरामद गरिएका सामग्री मध्ये चादिका गहना मेची भन्सारमा बुझाइएकाे छ भने ,कस्तुरीकाे बिना जस्ताे देखिने सामग्री , तस्करीमा संलग्न ब्याक्ती र माेटरसाइकल डिभिजन बन कार्यालय भद्रपुरलाइ बुझाइएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ