झापामा ८४ जनाले बुझाए चुनावी खर्च विवरण

झापा । झापाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी विजयी बन्नुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओेलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ८४ जनाले खर्च विवरण बुझाएका हुन् ।

ठूला दलबाट निर्वाचन खर्च बुझाउनेमा हालसम्म अध्यक्ष ओली मात्र रहेको निर्वाचन कार्यालयका नासु प्रेम गुरागाईंले जानकारी दिनुभयो ।उहाँले अध्यक्ष ओलीले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना लगायतको शीर्षकमा रु १८ लाख ८२ हजार चुनावी खर्च भएको विवरण कार्यालयमा बुझाएको बताउनुभयो । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहे पनि उम्मेदवारले खर्च विवरण बुझाउन विलम्ब गरिरहेको उहाँको भनाइ छ ।

उहाँले नेपाल मजदूर किसान पार्टी(नेमाकिपा)का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका कृष्ण गोपाल, महेन्द्र खायामलीलगायतले भने चुनावी खर्च शून्य भएको विवरण बुझाएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *