सिद्धार्थ सेकेण्डरी स्कुलमा ‘कम्बो कलर सेलेब्रेसन’ सम्पन्न

सुन्दरहरैंचा / असार १३ गते

सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा अवस्थित सिद्धार्थ सेकेण्डरी स्कुलले आज विशेष कार्यक्रमका साथ ‘कम्बो कलर सेलेब्रेसन’ सम्पन्न गरेको छ।

कार्यक्रममा नर्सरी, एलकेजी र युकेजी कक्षाका नानीहरूले विभिन्न रंगहरूलाई समेट्दै आकर्षक प्रस्तुति दिएका थिए। उनीहरूले गीत, नृत्य, कविता तथा फेशन शो मार्फत रंगहरूको सौन्दर्य र महत्व दर्शाए।

उक्त कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने विद्यालयले सानैदेखि बालबालिकामा रंग र सृजनात्मकतासँगको सम्बन्ध विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको जानकारी दिएको छ।

विद्यालयकासंस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्ने खालका कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए। कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्नुका साथै सिकाइलाई रमाइलो र प्रभावकारी बनाएको सहभागीसहित सबैले प्रशंसा गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *