ब्राइट फ्युचर मा अभिभावकलाई लक्षित गरी आयोजित मोटिभेसनल कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा , असार १३
ब्राइट फ्युचर सेकन्डरी स्कूलमा आज एक विशेष मोटिभेसनल कार्यक्रम सम्पन्न भएको छ। अभिभावकहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा चर्चित मोटिभेसनल स्पिकर, प्रशिक्षक डा. तारा ज्यूको विशेष प्रस्तुति रहेको थियो।
कार्यक्रम दिउँसो १:०० बजे विद्यालय प्रांगणमा सुरु भएको थियो। डा. ताराले आफ्नो प्रेरणादायी मन्तव्यमार्फत अभिभावकहरूको भूमिका, सकारात्मक सोच, बालबालिकाको मनोविज्ञान तथा उनीहरूको समुचित विकासमा परिवारको योगदान लगायतका विषयमा प्रकाश पारेकी थिइन्।
उक्त कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिहरूले कार्यक्रम निकै उपयोगी र ऊर्जा दिने खालको भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको समापनमा विद्यालय संस्थापक प्रिन्सिपलले डा. ताराप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता ज्ञानवर्द्धक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ। सो अवसरमा कक्षा ३ देखि १० सम्म का बिधार्थी र करिव ७ सय अभिभावाकले छुटाछुटै समयमा उतप्रेरक तथा प्रेरणादायी ज्ञान बटुलेका थिए।
