छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८१ सम्पन्न

पथरी, माघ-२७ गते
पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं. १ को सुनाखरी माध्यमिक विद्यालयमा तीन दिवसीय प्रतियोगिता आयोजना भएको हो।
पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले एक समारोहका बीच नगरभित्रका विभिन्न विद्यालयहरुबाट विभिन्न विधाहरूमा विजयी छात्र छात्राहरूलाई पुरस्कृत गर्नुभएको थियो।
पथरिशनिश्चरे वडा नं ८ को बुद्ध मावि पुनः नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन बनेको छ।
गत वर्ष नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड उचालेको बुद्ध माविले यस पटक पनि ८ गोल्ड तथा ७ सिल्भर सहित प्रथम स्थान हासिल गरेको हो। यसैगरी, हिंसा वाहिनी माविले ५ गोल्ड र ५ सिल्भर सहित पुनः दोस्रो स्थान हासिल गर्न सफल भयो भने पञ्चायत माध्यमिक विद्यालयले ५ गोल्ड र ३ सिल्भर सहित तेस्रो स्थान हासिल गरेको छ।
पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको समापन समारोहका अवसरमा पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत नवीन खुलाल बुढाथोकी,
विद्यालय व्यवस्थापन समिति, पथरी शनिश्चरेका अध्यक्ष युवराज बास्कोटा, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, पथरिशनिश्चरे वडा नं -८ का अध्यक्ष नवीन जंग कार्की, सुनाखरी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रदीप कुमार राई ,
नगरभरिका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूका प्रधानाध्यापक, शिक्षक प्रतिनिधिहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सो प्रतियोगिता माघ २३ गतेदेखि सञ्चालनमा भएको सुनाखरी माविकी प्रधानाध्यापक भूमिकादेवि मगरले बताउनुभयो।
यस प्रतियोगिताको छात्र तर्फको भलिबलको उपाधि ( गोल्ड ) पञ्चायत माविले उचालेको छ भने रेडस्टार माविले दोस्रो ( सिल्भर )स्थान हासिल गरेको थियो। यसैगरी, एभरेष्ट अङ्ग्रेजी बोडिङ्ग स्कुलले छात्रा तर्फको भलिबल प्रतियोगिताको गोल्ड अवार्ड जितेको छ भने भागिरथ माविले सिल्भरमा चित्त बुझाएको छ।
भलिबल, फुटबल, दौड, एथलेटिक्स, ज्याकलिन थ्रो, आदि विभिन्न खेल इभेन्ट्सहरू खेलाईएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *