प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता:
प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता:
पथरी शनिश्चरे समाचारदाता,चेत्र-२० गते
पथरी शनिश्चरेमा संचालन भैरहेको प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा वडा नम्बर ८ ले वार्ड नं ७ लाई ‘सडेन डेथ’मा पराजित गरेको छ।
मंगलबार सम्पन्न भएको उक्त प्रतियोगिता मा वडा नं ८ ले ट्राइबेकर पछि ‘सडेन डेथ’मा वडा नम्बर ८ ले वडा नम्बर ७ लाई पराजित गरेको थियो।
आजको खेलको ‘म्यान अफ दि म्याच’ खेलाडी प्रिन्स लिम्बु घोषित भए। उनलार्इ वडा कार्यालयका वडाध्यक्ष भीमकुमार राईले मेडल तथा ट्रफीले लगाइ पुरस्कृत गरे।
भोलि बुधबारको खेल वडा नं ४ र ९ बिच खेल हुने छ।
वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगितामा वडा नम्बर १० का जीवन खतिवडा, वडा नं ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नवीन जंग कार्की, वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नम्बर ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, राप्रपा नेपालका नगर अध्यक्ष हरेन्द्र खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष खड्क बहादुर श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
गत आइतबारदेखि पथरी शनिश्चरे वडा नम्बर १ले जाँते रोडस्थित खेलमैदानमा आयोजना गरेको उक्त प्रतियोगिता निकै उत्कृष्ट, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक रूपमा सम्चालन भइरहेको छ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले फुटबल खेलका प्रमुख अम्पायरलाई हस्तान्तरण गर्दै उद्घाटन भएको सो प्रतियोगिता आउने २५ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा नगरका १० वटै वडा फुटबल टिमहरूले भाग लिएका छन्।




