पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र डीनको बिदाई कार्यक्रम सम्पन्न

एलएन गच्छदार
मोरङ, चैत्र १९ गते – पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेशराज दाहाल तथा पूर्वाञ्चल विश्वविद्यालय कला, कानुन तथा शिक्षा संकायका डीन प्रा. डा. अनिल कुमार पोख्रेलको बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विशेष कार्यक्रम आयोजना गरी विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारीले दाहाल र पोख्रेललाई सम्मानपूर्वक बिदाई गरेका हुन्। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले उनीहरूको योगदानको प्रशंसा गर्दै विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा उनीहरूले खेलेको भूमिकाको उच्च मूल्यांकन गरे।

बिदाई समारोहमा विभिन्न वक्ताहरूले प्रा. डा. दाहालले सेवा आयोगको नेतृत्वमा रहँदा विश्वविद्यालयमा निष्पक्ष, पारदर्शी तथा प्रभावकारी सेवा प्रवाहलाई सुनिश्चित गरेको उल्लेख गरे। साथै, डीन पोख्रेलले कला, कानुन तथा शिक्षा संकायको शैक्षिक तथा प्रशासनिक सुधारमा पुर्‍याएको योगदानको चर्चा गरियो।

प्रा. डा. महेशराज दाहाल र प्रा. डा. अनिल कुमार पोख्रेलले आफ्ना कार्यकालभरि प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विश्वविद्यालयको निरन्तर प्रगतिको कामना गरे।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *