प्रचण्ड सँगै बिहान सारडाको एकसाथ मर्निङवाक

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडाले शनिवार बिहान विराटनगरमा सँगै मर्निङवाक गरेका छन् ।

विराटनगरबाट प्रकाशन भइरहेको सर्वाधिक लोकप्रिय पत्रिका न्यू सृष्टि दैनिकको १४औं वार्षिकोत्सवमा सहभागिता जनाउन विराटनगर आइपुगेका प्रचण्ड सँगै शनिवार बिहान सारडाले एकसाथ मर्निङवाक गर्ने अवसर प्राप्त गरे ।

न्यू सृष्टि दैनिकले आज शनिवार १४औं वार्षिकोत्सव मनाउँदैछ । जुन कार्यक्रमको प्रमुख अतिथि प्रचण्ड रहेका छन् । शनिवार बिहान मर्निङवाक गरिरहेका उद्योगी सारडाले सडकमै प्रचण्डलाई भेटेका थिए । दुवै जनाले सँगै फोटो खिचाए र थारु समुदायको लोकप्रिय खानाको परिकार भक्काको आनन्द लिए ।

चिरफार डटकमसँग कुरा गर्दै सारडाले भनेः म मर्निङवाक गर्दै थिए । २५/३० जनाको टोली सडकमा हिँडिरहेको देखे । पछि पछि प्रहरीको टोली तैनाथ थिए । म पछि पछि हिँडेर भेट्ने प्रयास गरे । तर भेट्न सकिन । विराटनगरको तीनपैनी चौकदेखि पुष्पलाल चौक जाने बाटोमा भक्का बेचिरहेकी एक महिला भएको ठाउँमा टोली रोक्यो । म पनि पिछा गर्दागर्दौ त्यहाँ पुगे र प्रचण्डसँग भेट्ने अवसर प्राप्त गरे ।

प्रचण्डसँगै भक्का पनि खाए । र केही समय सँगै मर्निङवाक गरेर म घर फर्किए । सारडाले भनेः देशको यत्रो ठुलो मान्छे प्रधानमन्त्री भइसकेको व्यक्ति विराटनगरको सडक पेटिमा मर्निङवाक गरिरहेको बेला एउटा सामान्य थारु महिलाले विक्री गरिरहेको भक्का किनेर खाए, साह्रै खुसी लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *