किवानिस क्लब अफ सुन्दरहरैंचाको अध्यक्षमा यादव पौडेल चयन
एलएन गच्छदार / माघ २६ गते
सुन्दरहरैंचा – बालबालिकाको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको किवानिस क्लब अफ सुन्दरहरैंचा को नयाँ अध्यक्षमा यादव पौडेल चयन भएका छन्। पूर्व अध्यक्ष पार्वती गच्छदारले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी सुन्दरहरैंचाको प्लानेट मा आयोजित विशेष कार्यक्रममा जिम्मेवारी हस्तान्तरण गरेकी हुन्।
नयाँ कार्यकालका लागि नेतृत्व सम्हाल्न पाएका पौडेलले आफ्नो कार्यकालमा क्लबका सामाजिक तथा बालहितका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
पार्वती गच्छदारको नेतृत्वमा क्लबले बालबालिकासँग सम्बन्धित विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको थियो। अब यादव पौडेलको नेतृत्वमा थप प्रभावकारी कार्यक्रमहरू संचालन हुने विश्वास व्यक्त गरिएको छ।
नव-निर्वाचित अध्यक्ष पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
