पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्गमा नयाँ भर्ना खुला, अनलाइन आवेदन सुरु
विराटनगर / पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग (पुसोई) विराटनगरले आगामी शैक्षिक सत्र २०८२/०८३ (सन् २०२५) का लागि विभिन्न इन्जिनियरिङ्ग कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्ना खुला गरेको छ।
विश्वविद्यालयले BE (Civil, Computer, Electronics Communication & Automation, Electrical) कार्यक्रमहरूका लागि प्रवेश परीक्षाको अनलाइन आवेदन फारम मिति २०८२ साउन २० गतेदेखि भर्न सकिने जानकारी दिएको छ।
आवेदन गर्नका लागि विश्वविद्यालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेका इच्छुक विद्यार्थीहरूले PU School of Engineering (PUSOE) र आवश्यक कार्यक्रम छनोट गरी अनलाइन फारम भर्नुपर्नेछ। फारम भर्दा शैक्षिक प्रमाणपत्र, पासपोर्ट साइज फोटो र नेपाल बाहिर प्राप्त प्रमाणपत्रको हकमा समकक्षताको प्रमाणपत्र स्क्यान गरी Attach गर्नुपर्नेछ।
अनलाइन आवेदनका लागि www.pufoe.edu.np वा www.entrance.puexam.edu.np मार्फत फारम भर्न सकिनेछ। आवेदन शुल्क रु. २,००० तोकिएको छ।
विस्तृत जानकारीका लागि ०२१-४६२१७९ वा ९८४२२५१०५४ मा सम्पर्क गर्न सकिने पुसोईले जनाएको छ।
