योग्य जनशक्ति र विद्यालयबीच पुल बन्दै ‘एडुस्टाफ सोलुसन’, शिक्षण क्षेत्रमै रोजगारीको अवसर

एलएन गच्छदार 

मोरङ । शिक्षण पेसामा प्रवेश गर्न चाहने तथा अनुभवी जनशक्तिलाई उपयुक्त विद्यालयसँग जोड्ने उद्देश्यसहित एडुस्टाफ सोलुसनले आफ्नो सेवा विस्तार गरेको छ। मोरङको सुन्दरहरैंचामा रहेको एडुस्टाफ सोलुसनले विद्यालयका लागि आवश्यक शिक्षक, प्रशासनिक कर्मचारी तथा सहयोगी जनशक्ति छनोट र व्यवस्थापन गर्ने जनाएको हो।

शिक्षा क्षेत्रमा विद्यालयको आवश्यकता र दक्ष जनशक्तिबीच समन्वयको अभाव देखिँदै आएको अवस्थामा त्यसलाई सहज बनाउने उद्देश्यले एडुस्टाफ सोलुसन सञ्चालनमा ल्याइएको संस्थाका सञ्चालक सूर्य दंगालले बताए।

उनका अनुसार संस्थाले विद्यालयमा आवश्यक जनशक्ति पहिचान गरी योग्य उम्मेदवार छनोट गर्ने, रोजगारी खोजिरहेका जनशक्तिलाई अवसर उपलब्ध गराउने तथा विद्यालयलाई आवश्यक दक्ष कर्मचारी उपलब्ध गराउने काम गर्नेछ।

“योग्यता र क्षमता भएका धेरै जनशक्ति अवसरको खोजीमा छन् भने अर्कोतर्फ विद्यालयहरूलाई पनि दक्ष शिक्षक तथा कर्मचारी आवश्यक छ। यी दुई पक्षबीचको दूरी घटाउने उद्देश्यले एडुस्टाफ सोलुसन अघि बढाएका हौँ,” सञ्चालक दंगालले भने।

एडुस्टाफ सोलुसनले प्रि–प्राइमरीदेखि माध्यमिक तहसम्मका शिक्षक, विषयगत शिक्षक तथा विभिन्न तहका अनुभवी शिक्षण जनशक्तिलाई विद्यालयसँग जोड्ने जनाएको छ। त्यसैगरी अकाउन्टेन्ट, प्रशासनिक अधिकृत, रिसेप्सनिस्ट, स्कुल सेक्रेटरी, लेभल इन्चार्ज, एकेडेमिक कोअर्डिनेटरलगायत प्रशासनिक पदका लागि समेत जनशक्ति व्यवस्थापन गरिने संस्थाले जनाएको छ।

त्यस्तै, लाइब्रेरियन, ल्याब असिस्टेन्ट, आईटी असिस्टेन्ट, अफिस असिस्टेन्ट, ड्राइभर, क्यान्टिन, सुरक्षा तथा हाउसकिपिङतर्फका कर्मचारीलाई समेत रोजगारीको अवसरसँग जोड्ने योजना रहेको छ।

‘विद्यालयको गुणस्तर दक्ष जनशक्तिसँग जोडिएको हुन्छ’

कोशी प्रदेश एन प्याब्सनका अध्यक्ष कमल खनालले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दक्ष र योग्य जनशक्ति छनोट अत्यन्त महत्वपूर्ण रहेको बताए।

उनले विद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा शैक्षिक योग्यता मात्र नभई क्षमता, व्यवहार, अनुभव र जिम्मेवारीबोधलाई समेत प्राथमिकता दिनुपर्ने धारणा राखे।

“विद्यालयको गुणस्तर प्रत्यक्ष रूपमा त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीको दक्षतासँग जोडिएको हुन्छ। योग्य व्यक्तिलाई योग्य स्थानमा पुर्‍याउने र विद्यालयलाई आवश्यक जनशक्ति उपलब्ध गराउने यस्ता प्रयासले शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग गर्छ,” खनालले भने।

एडुस्टाफ सोलुसनले फ्रेस ग्राजुएटदेखि अनुभवी तथा तालिमप्राप्त शिक्षक–कर्मचारीसम्मलाई रोजगारीका लागि जोड्ने जनाएको छ। संस्थाले शिक्षण क्षेत्रमा लामो समय काम गरेका तथा अवकाशपछि पुनः शैक्षिक क्षेत्रमा सक्रिय हुन चाहने जनशक्तिलाई समेत अवसरसँग जोड्ने लक्ष्य लिएको छ।

संस्थाका अनुसार रोजगारीका लागि इच्छुकले बायोडाटा, शैक्षिक प्रमाणपत्र, नागरिकता, अनुभव तथा आवश्यक अन्य कागजातसहित आवेदन दिन सक्नेछन्।

“Right People, Right Place, Better Future” भन्ने अवधारणासहित अघि बढेको एडुस्टाफ सोलुसनले विद्यालय र जनशक्तिबीच दीर्घकालीन व्यावसायिक सम्बन्ध स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

एडुस्टाफ सोलुसन, सुन्दरहरैंचा, मोरङमा सम्पर्क गर्न सकिने तथा ९८५२०५५६५२ मा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *