इटहरीमा बिश्वआदर्श एक्स्पो
सुन्दरहरैंचा माघ २९ गते
सुनसरीको इटहरीमा रहेको विश्व आदर्श स्कुलले आफ्नो बार्षिक अभिभावक दिवससंगै सोमबार विश्वआदर्श एक्स्पो संचालन गरेको छ ।
आइतबार बिधालयको प्ले ग्रुप देखि कक्षा १० सम्म बार्षिक अभिभावक दिवस मनाएको थियो भने अभिभावक दिवसको अवसरमा बिधार्थिले ले गीत, नृत्य, अभिनय, विभिन्न अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गर्नुभयो । ५० वटा स्टल रहेको विश्व आदर्श एक्स्पोमा बिधार्थी पाठ्यक्रममा पढेका बिषयलाई ब्यबहारमा उतार्न बिभिन्न शैक्षिक प्रदर्शनी गरेका छन् ।

विद्यार्थीहरुमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, समाज, इतिहास, भूगोल, कला र संस्कृति, पर्यटनलगायतको विकासबाट देशको समग्र विकासमा खेल्ने भूमिकाबारे जानकारी दिन तथा विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन स्टल सहित सामग्रीको प्रदर्शनी गरिएको प्राचार्य गणेश दुलालले बताउनुभयो ।





