सगरमाथा हिमाल दर्शन स्कुलद्वारा आयोजित स्पोर्ट्स मिट २०८१ भव्य रूपमा सम्पन्न
एलएन गच्छदार/ सुन्दरहरैंचा,
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ मा रहेको सगरमाथा हिमाल दर्शन स्कुलद्वारा आयोजित स्पोर्ट्स मिट २०८१ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयस्तरीय यस खेलकुद प्रतियोगितामा विद्यार्थीहरूबीच विभिन्न खेलकुद प्रतिस्पर्धा सञ्चालन गरियो।
कार्यक्रममा एथलेटिक्स, दौड, भलिबल, फुटसल, कबड्डी, लङ जम्प, हाइ जम्पजस्ता खेलहरू समावेश गरिएका थिए। विद्यार्थीहरूले जोश, जाँगर र खेल भावना प्रदर्शन गर्दै उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए।
समापन समारोहका प्रमुख अतिथि सो वडाका अध्यक्ष बिदुर डुंगनाले खेलकुदले शारीरिक तन्दुरुस्तीका साथै अनुशासन, आत्मविश्वास र टोली भावना विकसित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यालयका प्रधानाध्यापक बिरेन्द्र खडकाले विद्यार्थीहरूलाई निरन्तर खेलकुदमा लाग्न प्रेरित गर्दै आगामी दिनमा अझ व्यापक रूपमा स्पोर्ट्स मिट आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानिय अभिभावक, शिक्षक, विद्यार्थी तथा अतिथिहरूको उत्साहजनक उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। विजेता तथा उपविजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा पुरस्कार वितरण गरिएको थियो।
