नेपालीरिकामा सैलुन उदघाटन, सर्वसाधारणले ३ सय रुपैयाँमै कपाल काट्न पाउने

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुविधा सम्पन्न सैलुन तथा ब्युटि पार्लरको आज उद्घाटन गरिएको छ । वडा नं ९ मा रहेको नेपालीरिका होटलले सुविधा सम्पन्न सैलुन तथा ब्युटी पार्लर सञ्चालनमा ल्याएको हो ।

सैलुन तथा ब्युटी पार्लरमा Hair Cut, Facial, Hydra Facial, Makeup, Bridal-Makeup तथा Nail extension, Gel & Acrylic Nail Extension, Deep Tissue Massage, Hot Stone Therapy, Swidish Massage Sirodhara जस्ता मसाजको सेवाहरु सुचारु गरिएको छ । नेपालीरिका होटलमा Sauna-Steam, Gym र Swimming Pool को पनि सुविधा रहेको नेपालीरिका होटलले जनाएको छ ।

नेपालीरिका होटलले रु ५०,००० वार्षिक सदस्यतामा Sauna-Steam, Gym र Swimming Pool को वर्ष भरी सुविधा लिन सकिने छ । सोही प्याकेजमा होटलले १५% छुट तथा जन्मदिन र विवाह वार्षिकोत्सब Cake को नयाँ प्याकेज समेत शुरु गरेको छ ।

सोमबार माघे संक्रान्तीको अवसर पारेर नेपालीरिका होटलले SALOON BY ALEX नामको सैलुनको उद्घाटन गरेको हो । उक्त सैलुनमा सर्वसाधारणले रु ३०० मा कपाल काट्न सक्ने नेपालीरिका होटलले जनाएको छ । सोमबार सुन्दरहरैंचा उधोग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल र पिएलओ ग्रुपका अध्यक्ष राजेश अग्रवालले सयुक्त रुपमा उक्त सैलुनको उद्घाटन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *