निर्माण सामग्रीको मूल्यवृद्धिले सुदूरपश्चिमका सडक योजना ठप्प, पुँजीगत खर्चमा असर
कञ्चनपुर / पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिम प्रदेशका दर्जनौँ सडक निर्माण तथा कालोपत्र योजनाहरू प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्यवृद्धि समायोजनको व्यवस्था नहुँदा अधिकांश आयोजनाको काम रोकिएको छ भने चालु आर्थिक वर्षको पुँजीगत खर्चसमेत प्रभावित हुने देखिएको छ।
