ग्रामथान गाउँपालिकाको भ्रामक समाचारप्रति विज्ञप्ति जारी

ग्रामथान गाउँपालिकाको भ्रामक समाचारप्रति विज्ञप्ति जारी

सुन्दरहरैंचा / श्रावण ११ गते
ग्रामथान गाउँपालिका १७औं गाउँ सभाको अधिवेशनमा जनप्रतिनिधिहरूबीच भएको विवादका क्रममा अध्यक्ष नमोनारायण माझीका समर्थकले सुरक्षा गार्डको खुकुरी खोसेर उपाध्यक्षसहित ९ जनालाई धम्की दिएको र जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता भएको भन्ने समाचार प्रसारित भएको थियो।

गाउँपालिकाले यस घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा उल्लेख छ कि उक्त मितिमा गाउँपालिकाको हाताभित्र कुनै पनि अमर्यादित वा अवाञ्छित गतिविधि नभएको, गाउँसभामा देखिएको विवाद विशुद्ध राजनीतिक विषयमा सीमित रहेको, र यसरी सुरक्षागार्डलाई समेत मुछेर उजुरी दिनु तथा यथार्थ नबुझी भ्रामक समाचार सम्प्रेषण गर्नु गलत भएको स्पष्ट गरिएको छ।

अध्यक्ष नमो नारायण माझी ले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सबैलाई तथ्य र प्रमाणका आधारमा मात्र सूचना सम्प्रेषण गर्न तथा गाउँपालिका र जनप्रतिनिधिहरूको मानमर्दन हुने कार्य नगर्न आग्रह गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *