इन्द्रपुर नमुनाको स्पोर्ट्स मिट २०८१ सुरु
एलएन गच्छदार / सुन्दरहरैंचा
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा १२ मा रहेको इन्द्रपुर नमुना सेकेण्डरी स्कुलको वार्षिक कार्यक्रम अन्तर्गत हिजो बुधबार देखि खेलकुद प्रतियोगिताहरू सञ्चालन संचालन गरेको छ ।
एनुअल स्पोर्ट्स मिट २०८१ नाम दिएको सो कार्यक्रमको समापन भोलि शुक्रबार हुने छ।
फुटबल, भलिबल, टग अफ वार, चेस, ब्याडमिन्टन, टेबलटेनिस, म्युजिकल चेयर, हट आलु, स्लो साइकल दौड, सुई र धागो दौड, चम्चा र मार्बल दौड, मेमोरी टेस्ट, फ्रिज आउट, बल सुटिङ, सटपुट, दौड , उच्च जम्प, लामो जम्प, ट्रिपल जम्प, बल पोउरिङ, जार फिलिंग, ईटिएमजी प्रतियोगिता, लगायत विभिन्न विधाका खेलहरू छात्र तथा छात्रा गरी सञ्चालन गरिएको छ । स-साना नानीबाबुहरुको अझै धेरै ओटा खेलहरु रहेको प्रिन्सिपल शान्तिराम गौतमले जानकारी दिए।
खेलकुदले विद्यार्थीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र आगामी दिनमा पनि खेलकुदलाई निरन्तरता दिन विद्यालय लागि परेको प्रिन्सिपल गौतमले बताए।
विद्यार्थीहरूमा पठनपाठन संगै शारीरिक सवेगात्मक बिकाससंगै महत्वपूर्ण फाइदा पुर्याउने र अतिरिक्त क्रियाकलापले बिधार्थी क्षमता बिकासमा थप टेवा पुग्ने प्रिन्सिपलले बताए । शारीरिक स्वास्थ्य सुधार्न र तन्दुरुस्त रहन मद्दत पुर्याउँनुका साथै विभिन्न खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व क्षमता र टोली भावना पनि विकास गर्न सक्नुका साथै, खेलकुद प्रतिस्पर्धामा भाग लिनाले आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने बिषयमा मदत पुग्ने बताए।
