टेस्टी–टेस्टी क्वीज प्रतियोगिताको २९औं संस्करण

टेस्टी–टेस्टी क्वीज प्रतियोगिताको २९औं संस्करण बुधवारदेखि विराटनगरमा सुरु भएको छ । विराटनगरको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान काबरा ग्रुपले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्ने उद्देश्यका साथ २९ वर्षदेखि टेस्टी–टेस्टी क्वीज प्रतियोगिताको आयोजना गर्दै आइरहेका छन् ।

काबरा ग्रुपद्वारा उत्पादित टेस्टी–टेस्टी बिस्कुटको नामबाट विद्यार्थीका लागि क्वीज प्रतियोगिता सञ्चालन भइरहेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल र काबरा ग्रुपका प्रबन्ध निर्देशक नवल किशोर काबराले बुधवार टेस्टी–टेस्टी क्वीज प्रतियोगिताको उद्घाटन गरेका छन् ।
३ दिनसम्म चल्ने टेस्टी–टेस्टी क्वीज प्रतियोगितामा सामुदायिक र निजी गरी १८ विद्यालयको सहभागिता रहेका छन् । जुनियर जेसिज विराटनगरले टेस्टी–टेस्टी क्वीज प्रतियोगिता सञ्चालन गरिरहेका छन् ।
काबरा ग्रुपका प्रबन्ध निर्देशक नवलकिशोर काबराले उद्योग, व्यापारबाट आर्जन गरेको केही रकम सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत खर्च गर्ने उद्देश्यका साथ विद्यार्थीहरूको बौद्धिक ज्ञान वृद्धिका लागि टेस्टी–टेस्टी क्वीज प्रतियोगिता सञ्चालन गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *