द राइजिङ्ग स्पोटर्स मिट २०८१ सुरु

एलएन गच्छदार / सुन्दरहरैंचा

सुन्दरहरैंचा नगरपालिका वडा १० मा रहेको पहिलो जेठो निजि विधालयको रुपमा स्थापित द राइजिङ्ग इंगलिस बोर्डिंग स्कुलमा मंगलबारदेखि खेलकुद सप्ताह २०८१ सुरु भएको छ।
द राइजिङ्ग स्पोटर्स मिट २०८१ नाम दिएको सो कार्यक्रमको उद्घाटन स्कुलका अध्यक्ष सुरेन्द्र बहादुर थापा र प्रिन्सिपल गोपाल पाठकले संयुक्त रुपमा उदघाटन गरेका छन।
बिधालयका अध्यक्ष सुरेन्द्र थापाले देशले खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्न सक्ने राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्न सक्ने बताउँदै कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्न खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए । बिधार्थीको शारीरिक बिकास संगै पढाई संगै खेलकुद स्वास्थ्यको लागि समेत महत्व रहेको दर्साउदै खेलकुदमा सहभागी रहेका विधार्थीलाई खेल जीवनको शुभकामना व्यक्त गरे।
विद्यालयका प्रिन्सिपल गोपाल पाठकले खेलकुदले बिद्यार्थीको पढाईमा पनि सहयोग गर्ने हुँदा खेलकुदलाई विद्यालयले बिशेष महत्वका साथ संचालन गर्दै आएको र यो वर्ष पनि निरन्तरता दिइएकाे बताए । उनले खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने र सफलता हासिल गर्ने बताए ।

बार्षिक कार्यक्रम अन्तर्गत स्पोटर्स मिटमा फुटवल, भलिवल, कवर्डी, बास्केटवल लगायतका तिन दर्जन भन्दा बढी प्रतियोगिताहरु चल्ने जनाएको छ। प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *