केराबारी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत


मोरङ

केराबारी गाउँपालिकाको १२औं गाउँसभामा उपाध्यक्ष मनमाया मगरले ७७ करोड १८ लाख ५५ हजार रुपैंया बराबरको बजेट प्रस्तुत गर्नुभएको छ।आर्थिक बर्ष २०८०/८१ का लागि आन्तरिक आयबाट ३ करोड ५० लाख रुपैंया, संघीय सरकारबाट प्राप्त अनुदान ३३ करोड ६९ लाख ८० हजार रुपैंया, प्रदेश सरकारबाट प्राप्त अनुदान २ करोड २३ लाख ५४ हजार रुपैंया, राजस्व बाडफाँड तर्फबाट १८ करोड ५१ लाख ५२ हजार रुपैंया अनि बैंक मौज्दात रहेको ५ करोड २२ लाख ६९ हजार रुपैंया अनि लागत
सहभागिताको १ लाख रुपैंया र जिल्ला समन्वय समितिबाट प्राप्त हुने १ करोड रुपैंया गरेर ७७ करोड १८ लाख ५५ हजार आय गरिने प्रक्षेपण गरिएको छ ।

१२औं गाउँसभामा गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्र रहेका धार्मिक क्षेत्र, सामुदायीक विद्यालय, सामुदायिक वन, पर्यटन स्थल,यातायात तथा सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, ऐतिहासिक क्षेत्रका लागि प्रस्तुत बजेट तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।गाउँसभामा गत आर्थिक बर्षको बास्तविक आय व्ययमा कुल ७४ करोड ४७ लाख २ हजार रहेको र व्यय तर्फ जम्मा ५६ करोड २२ हजार रहेको र व्यय तर्फ जम्मा ५६ करोड २२ लाख २४ हजार रुपैयाँ खर्च भएको जनाईएको छ। बहुबर्षीय र क्रमागत योजना तथा गाउँपालिका स्तरिय योजनाहरु पनि बिनियोजन अनुसुचिमा संलग्न छन् । योजना तर्फ गत आर्थिक बर्षमा सम्झौता भएका १३वटा योजनाहरुमध्ये सबै योजना निर्माण सम्पन्न भईसकेका छन्।गाउँसभामा दशै वटा वडाका वडाध्यक्ष, वडा सदस्यले नीति तथा कार्ययोजनाका बिषयमा छलफल गरेका थिए । वडाध्यक्षहरुले नीति तथा योजनाहरुको बिषयमा टिप्पणी गरेका थिए ।

कार्यक्रममा गाउँपालिका कार्यालयका चारजना कर्मचारीहरुलाई सम्मान गर्दै एकजना कर्मचारीलाई सर्वोकृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ। कार्यक्रममा निति तथा कार्ययोजना बिषयमा गाउँपालिकाका प्रवक्ता एवं कार्यपालिका सदस्य नारायण भुजेलले जवाफ दिनुभयो । बजेट तथा कार्यक्रम उठेका विषयमा उपाध्यक्ष मनमाया मगरले जवाफ दिनुभयो। गाउँसभाका अध्यक्ष सुमन मिरिङचिङ बजेट पारित गर्नुभयो । बजेट पारित गर्नुअघि अध्यक्ष मिरिङ्गचिङ्गले आर्थिक बर्ष २०८०/८१ श्रमदान बर्षको हुने बताउनुभयो।कार्यक्रममा केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई , वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य एवम् पालिकाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *