गुणस्तरीय प्राविधिक तथा व्यावसयिक शिक्षाको विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

सुकुना माध्यमिक विद्यालयले मनायो ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

योगेन्द्र योगी
बिराटनगर : माेरङकाे सुन्दरहरैंचा नगरपालिका -१० मा रहेको सुकुना माध्यमिक विद्यालयको ५३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सोमबार विद्यालयको प्राङ्गणमा एक भव्य समारोहका बीच कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मात्रिका प्रसाद ढकाल सभापतित्व तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न छ। रोवर्टबाट उद्घाटन गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशकै सबैभन्दा ठूलो सामुदायिक बिद्यालयले आफ्नो ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागी हुन् पाउदा खुशी लागेको बताए।
विद्यार्थीहरुलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रधान गरी दक्ष,सक्षम र नैतिकवान नगरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दाहित्व रहेको बताए। सार्वजनिक शिक्षाको रुपान्तरण,वातावरणमैत्री हरित शैक्षिक सस्थाको निर्माण,गुणस्तरीय प्राविधिक तथा व्यावसयिक शिक्षाको विस्तार,अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षा दिनुपर्नेमा जोड दिएका थिए।
शैक्षिक विकासका लागि सुकुना माध्यमिक बिद्यालयले निर्वाह गरेको भूमिकाको उनले खुलेर प्रशंसा गरेका थिए। कोशो प्रदेश सरकारको शैक्षिक नीतिबमोजिम यस बिद्यालयले पनि आगामी शैक्षिक योजना बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्न गर्दै थप अब्बल सावित गर्नेमा आफू बिस्वास रहेको बताए।
उनले समयको आवश्यकतालाई मनन गर्दै कोशी प्रदेशको मात्र नभएर मुलुकै नमुना बिद्यालयको रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नेमा आफू ढुक्क रहेको बताए। उनले बिज्ञान तथा प्रविधि प्रदशनीहरुको अवलोकन समेत गरेका थिए।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सुन्दरहरैचाका नगर प्रमुख कदर प्रसाद गुरागाईले नगरपालिकाको सहयोगमा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि डे केयर अन्तर्गत संचालन गरेको बिद्यालयले बिशेष गरी शिक्षा अन्तर्गत सुस्तश्ववण कक्षा,खुल्ला शिक्षा प्राविधिक धार कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ, कक्षा ११ र १२ मा बिज्ञान,व्यवस्थापन,शिक्षा,होटेल म्याजेमेन्ट ,कानुन बिषय पठनपाठन गरिरहेको भन्दै यो शैक्षिक क्षेत्रको विकासमा एकमै प्रशंसनीय भएको बताए।

नगर प्रमुख गुरागाईले सुन्दरहरैचालाई शिक्षाको गन्तव्य बनाउन बिद्यालयलाई जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताएका थिए। बार्षिक प्रवेदन प्रस्तुत गर्दै बिद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले प्रविधियुक्त गुणस्तरीय शिक्षा सहितको सुन्दर सुकुना बनाउने संकल्प पूरा गर्न निरन्तर अगाडि बढिरहेको बताएका थिए।
प्रधानाध्यापक बस्नेतले सिकाईमा प्रविधिको प्रयोग,निरन्तर अभ्यास र परियोजनामा आधारित सिकाई र मुल्यांकन तथा सुविधायुक्त भौतिक र शैक्षिक वातावरण तयार गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्नी बिद्यालयको मुख्य ध्येय रहेको बताएका थिए।
२ वटा छात्रबास भवन निर्माणको लागि स्वीकृत भई हाल निर्माण प्रक्रियामा रहेको बताउदै उक्त भवन निर्माण पूरा भएपछि भौतिक सुविधाका दृष्टिले बिद्यालयको व्यवस्थापनमा सहयोग पुग्ने बताएका थिए। उनले बिद्यालयले आगामी गर्ने कार्यक्रम बारे पनि जानकारी दिएका थिए। कार्यक्रममा ३ कोठे शैक्षिक भवनको पनि रोवर्ट बाटै उद्घाटन गरिएको थियो।

कार्यक्रमकै अवसरमा लामो समय शैक्षिक पेशारही सेवानिर्बित भएका शिक्षिका कमला राजभण्डारी (मास्के) र शिक्षक श्यामनारायण साहुलाई बिदाई गरिएको थियो। अक्षयकोष छात्रवृत्ति वितरण,पुरस्कार वितरण समेत गरिएको थियो भने विविध सास्कृतिक कार्यक्रमहरु पनि गरिएको थियो।

नेपाल सरकारबाट मान्यता प्राप्त नमूना विद्यालयअन्तर्गत पर्ने यस शैक्षिक संस्थामा कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने हाल १६० जना शिक्षक तथा शिक्षिका र ४ हजार ५ सय जना विद्यार्थी अध्यानरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *