सांसद डा. सुनिल शर्माको सर्वत्र चर्चा, बेलायत बस्ने त्रिपाठी भन्छन्- ‘अब नेपाल स्वर्ग बन्नेछ’
केही दिनअघि नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पशुपति आर्यघाटमा पुगेर बेवारिसे शवको दाहसंस्कारमा गरेको सहयोगको अहिले देशभित्र होस् या बाहिर सर्वत्र चर्चामा छ ।
बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रसँग सहकार्यमा सांसद डा. शर्माले ९ बेवारिसे शवको दाहसंस्कारका तत्काल आवश्यक सामग्री उपलब्ध गराएर सहयोग गरेका थिए भने प्रति शवको ५००० का दरले थप १०० बेवारिसे शवको अन्त्येष्टिको लागी सहयोग गर्ने घोषणा गरेका थिए । साथै आर्यघाटमै भ्रष्टाचार भएको भन्दै घोर भत्र्सना पनि गरेका थिए । त्यसपछि हाल शर्मा धन्यवादका पात्र बनेका छन् ।
यसैबीच बेलायत निवासी वरिष्ठ इन्जिनियर आरके त्रिपाठीले शर्मालाई नेपाललाई नयाँ योजना साथ विकास र समृद्धितर्फ अगाडि बढाउन चाहने निडर र निष्कलंक नेताका रुपमा परिभाषित गरेका छन् ।
‘लास जलाउन पनि कर तिर्नु पर्ने देश’ भन्दै असन्तुष्टि पोखेका उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘लासै लासको बीचमा तपाईंलाई देख्दा र यो विकराल दृष्य, परिस्थिति देख्दा म रोएँ । तपाईं शीर्ष नेतृत्वमा ल्याउन हामी बौद्धिक बल दिनेछौं।नेपालको लागी मिलेर काम गरौं डा. साब।’
उनी यत्तिमै रोकिँदैनन् । ‘धेरैले व्यवसाय गर्दै धन कमाएका छन् तर उनीहरुले त्यही धनको प्रयोग राज्य सत्तामा प्रयोग गर्दै अझै गलत तरिकाले व्यवसाय बढाएको देखिन्छ तर तपाईं विद्धान डाक्टर, मेडिकल व्यवशाय गरि धन कमाए पनि तपाईंको व्यवसायबाट आर्जित धन अधिकांश दुख पाएका गरिब निमुखाको घाउमा मलम लगाउन प्रयोग भएको देखिन्छ। समग्रमा भन्नुपर्दा तपाईंको व्यवहार भारतका व्यवसायी स्वर्गीय रतन टाटाको जस्तै देखिन्छ। तपाईं जे गरिरहनु भएको छ,त्यो राम्रो छ, पुजनीय छ।’ उनले भनेका छन्, ‘जब राजनीति र नेता समाजसेवा, देशसेवा जनताको सेवामा काम गर्न थाल्दछ तब त्यो देशको भविष्य राम्रो हुन्छ । जेनेरेशनले तारिफ गर्न योग्य हुन्छ । मेरो विदेशी नजरमा कांग्रेस पार्टी नेता डा. शुनिल शर्माले गरिरहेका यी कार्यबाट नेपालको नेता र अन्य व्यापारी व्यवसायीहरुले पाठ सिक्नु पर्दछ । यति मात्र सबै नेताले गर्ने हो भने नेपाल स्वर्ग बन्नेछ।’
हुन त सांसद डा. शर्माले सहयोग गरेको यो पहिलोपटक भने होइन । उनी संघीय संसदको तलब भत्ता नलिने एक मात्र सांसद हुन्, उनले नेपालको सुदुर पूर्वदेखि सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै दूरदराजका जनतालाई उपचार सम्भव नभएका बिरामीलाई काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेज साथै बिराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्दै आएका छन् ।
