दमकमा तीनजना सवार मोटरसाइकल दुर्घटना : दुई युवतीको मृत्यु, एक युवक घाइते

विराटनगर : झापाको दमकमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् । दमक नगरपालिका १० मा तीनजना सवार प्रदेश १९०१९०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

गएराति १० बजेतिर भएको दुर्घटनामा गौरादह नगरपालिका ५ की ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया ओम कुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका उनीहरूको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका ८ का २७ वर्षीय विराज थापा घाइते भएका छन् । थापाको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *