केसलिया स्कुलको वार्षिक खेलकुद सप्ताह भब्य रुपमा उद्घाटन

केसलिया स्कुलको वार्षिक खेलकुद सप्ताह भब्य रुपमा उद्घाटन
चन्दन रौनियार
दुहबी /   
सुनसरीको दुहबी नगरपालिका  वडा न. १२ बुग्डहरी मा रहको केसलीया  ईंग्लिश बोडिङ स्कुलको स्पोर्ट्स मीट २०८१  खेलकुद सप्ताह भब्य रुपमा उद्घाटन गरि सुरु गरेको छ।स्कुल प्राङ्गनमा औपचारिक कार्यक्रम गर्दै बार्षिक कार्यक्रम योजना अनुरुप कार्यक्रम गरिएको छ। दुहबी  वडा न.१२ कि जेष्ठ नागरिक आमा गंगा देवी बन्जाराको प्रमुख आतिथ्यता र कार्यक्रम सभापति
स्कूलकाे अध्यक्ष  लक्ष्मी सुवेदी भएको सो कार्यक्रममा बिधार्थीको शारीरिक स्वास्थ्यको सुधार, मानसिक स्वास्थ्यको लाभ,अनुशासन र समय व्यवस्थापन, टीमवर्क र नेतृत्व गुण बिकास हुने हेतुले आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जेष्ठ नागरिक आमा गंगा देवी बन्जराले दीप प्रज्वलन साथै बेलुन उडाएर  उद्घाटन गरिएको थियोे ।खेलकुद  सप्ताहमा विद्यालयका करिब चार सय भन्दा बढी विद्यार्थीहरुको सहभागी रहने बिधालयका प्रिन्सिपल सन्जु बन्जराले बताए।
स्पोर्ट्स मिटमा सय र दुई सय मिटर दौड, बास्केटबल, भलिबल ,फुटसल, बेडमेन्टिन, क्यारेमबोर्ड, चेस, लगजम हाईजम ,इन अाउट , रिले रेस, चकलेट रेस, म्याथ रेस, स्याक रेस,  टेबलटेनिस, चेस, टग अफ वार लगाएत बालबालिकाहरुले खेल्ने विभिन्न खेलहरु खेलाइने छन्।

खेलकुदबाट शारीरिक बिकास साथसाथै  मानसिक बिकासमा समेत  मद्दत पुर्याउने र विभिन्न खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल सन्जु  बनजराले बताए। विद्यार्थीहरुको  मानसिक विकासको लागि शारीरिक तन्दुरुस्ती आवश्यक हुन्छ । शरीर बलियो, निरोगी, तन्दुरुस्त छ भने उनीहरुले सुनेको, देखेको कुरालाई सजिलै ग्रहण गर्न सक्छन् । त्यसैले वौद्धिक विकासको लागि शारीरिक तन्दुरुस्ती महत्वपूर्ण हुन्छ भनेमा बन्जराले जोड दिए ।खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव संगै जीवन निर्वाह गर्न समेत सघाउ पुर्‍याउने भएकोले खेललाइ व्यावसायिक रुपमा स्थापित गर्न स्कुलहरुले यस्ता खेलहरुको आयोजना  गरेको प्रिन्सिपल बन्जराको भनाई थियो। कार्यक्रममाका शिक्षक /शिक्षिका स्थानीय संचारकर्मी लगायतको उपस्थित रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *