जननी आधारभूत विद्यालयमा लायन्स क्लब अफ गछियाद्वारा स्टेसनरी तथा खेलकुद सामग्री वितरण

जननी आधारभूत विद्यालयमा लायन्स क्लब अफ गछियाद्वारा स्टेसनरी तथा खेलकुद सामग्री वितरण
एलएन गच्छदार / सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ३ मा रहेको जननी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लायन्स क्लब अफ गछियाले स्टेसनरी तथा खेलकुद सामग्री वितरण गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा क्लबका पदाधिकारीहरूले विद्यार्थीहरूलाई कापी, कलम तथा खेलकुद सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा लायन्स क्लब अफ गछियाका अध्यक्ष कमल दाहालले विद्यार्थीहरूको शैक्षिक विकासका लागि क्लबले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए।

विद्यालयका प्रधानाध्यापक निला भण्डारी कार्कीले लायन्स क्लबको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूलाई थप उत्प्रेरणा प्रदान गर्ने बताए। कार्यक्रममा शिक्षक, अभिभावक तथा क्लबका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

स्थानीय समुदायले लायन्स क्लबको यो पहललाई स्वागत गर्दै आगामी दिनमा पनि यस्ता सहयोगी कार्यहरू जारी रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

यस अघि ल्यानस क्लब अफ गछियाका संस्थापक अध्यक्ष मातृका चापागाईंले समेत आफ्नो कुशल व्यवस्थापकीय नेतृत्व समाल्दै नि:शुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, राहत वितरण लगायत समाजिक कार्य गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *