चन्द्रनगरमा नवहा ज्ञान महायज्ञ सुरु हुँदा उल्लेखनीय भक्तजनको सहभागीता

यतिबेला मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ८ चन्द्रनगरमा नवहा ज्ञान महायज्ञ सुरु हुँदा उल्लेखनीय भक्तजनको सहभागीता रहेको छ।

पुर्व पश्चिम लोकमार्ग नजिकै रहेको पाथीभरा माता प्राण प्रतिष्ठापन भएपछी नेपालका विभिन्न जिल्लाका दर्शन गर्न र कथा श्रवण गर्न आउने गरेका छन।
पुराण आयोजक मुल समारोह समितिका कोषाध्यक्ष जनक खत्रीका अनुसार लोकमार्ग नजिकै सुन्दरहरैंचाको गरिमा बोकेको सबैको आस्थाको केन्द्र पाथीभरा माताको मन्दिर बनेको छ। यसको डिजाइन र कलात्मक शैली फरक भएको हुँदा यात्रा गर्ने श्राद्धालु महानुभावहरु दर्शन गर्ने गरेको खत्रीले बताए। खत्रीका अनुसार झापा देखि बंझाङ्ग सम्मका दर्शनार्थी आउने गरेको पाइयो।

यति बेला मन्दिर परिसरमा चौथो दिन सम्म चलेको नवाहा ज्ञान महायज्ञले सबैको ध्यान समेत खिचिएको छ। नेपालका चर्चित कलाकार र पुराणबाचकबाट कथा , भजन श्रवण तथा आकर्षक झाँकी प्रस्तुतिले पण्डालक्षेत्र समेत बढाउनु परेको बताए।

माताको दर्शन गर्न आउनेको भिड बढेको मुलसमारोह समिति सचिब सुरज बिष्टले बताए। उनका अनुसार सबैबाट साथ सहयोग रहेको भन्दै सो क्षेत्रका वैदेशिक रोजगारमा गएका प्रवासी नेपालीहरुले समेत सहयोग गरिरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *