ब्यक्तिगत सहयोग सहित नगरबाट पुर्ण सहयोग गर्ने प्रतिबद्धता – नगर प्रमुख केदार प्रसाद गुरागाईं

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -८ , चन्द्रनगरमा जारी श्रीमद्भ देवीभागवत नवाहा ज्ञान महायज्ञको पाँचौ दिनको कार्यक्रममा सहभागी भएका नगर प्रमुख केदार प्रसाद गुरागाईंले पाथीभरा मन्दिरका लागि नगरले पुर्णरुपमा सहयोग गर्ने वचन दिएका छ्न। नगर प्रमुख गुरागाईंले कार्यक्रमलाई सम्बोधन गर्दै पाथीभरा मन्दिर एउटा नगरको आस्था, बिश्वास र गरिमा बोकेको छ।

नगरले निकासामा कुनै किसिमको अवरोध नगरेको बताउदै महायज्ञ भित्रमा नगरले छुट्याएको रकम निकास गर्ने बताए। साथै गुरागाईंले ब्यक्तिगत रुपमा रु. २५ हजार समेत सहयोग गरेका थिए। सबैको साथ सहयोग आवश्यक रहेको बताउदै हाम्रो धर्म र संस्कृति प्रति गम्भीर हुन आवश्यक रहेको भन्दै सृष्टि र शक्तिकी आमाहरु प्रति नमन गर्दै समाजमा भएका बिकृति र हिंसा प्रति सचेत हुनुपर्ने बताए। पबित्र मंचमा बोल्दै नगर प्रमुखले कुनै किसिमको नकारात्मक टिकाटिप्पणी गर्न आवश्यक नरहेको र नकारात्मक भावना आफुमा नभएको बताउदै पुर्वाधारको हिसाबले सुन्दहरैंचा नगरपालिका मोरङको दोश्रो ठूलो ठुलो नगरको रुपमा बिकास भइरहेको बताए । यस देविभागवतले नगबासिको कल्याण गरुन भन्दै खुसि व्यक्त गरे। कार्यक्रमा नगर प्रमुख गुरागाईं सम्मान समेत गरेको थियो।

जग्गा दाता आमा बिमलादेवि खड्काले ४ कठ्ठा २ धुर राधेश्याम सेवा ट्रष्टलाई प्रदान गरेपछी ट्र्ष्टसंगको सहकार्यमा पाथिभरा भवन निर्माण समिती बनेको थियो।

साथै वैशाख २७ गतेदेखि जेष्ठ ४ गतेसम्म सुप्रसिद्ध भागवताचार्य अध्यात्म शिरोमणि पं. श्री रामकृष्ण उपाध्यायको मुखारविन्दबाट धर्म, संस्कार, संस्कृतिका जान्नैपर्ने महत्वपूर्ण विवेचना सहित श्रीमद् देवी भागवत नवाह महापुराणको संगीतमय प्रवचन भईरहेको मुल समारोह समितिले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *