डा.शर्माले गीता छोएर पद तथा गोपनीयताको शपथसँगै भ्रष्टाचार नगर्ने अठोट

मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद भवनमा शपथ ग्रहणका क्रममा भगवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरुको शपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको शपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् ।


चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भगवत गीता बोकेरै संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले सपथ ग्रहण गराएका हुन् । भगवत गीतामा कृष्णले अर्जुनलाई सत्यको पक्षमा लाग्न र असत्य, अन्याय, अत्याचारको विरुद्धमा लड्न शिक्षा दिएको हुनाले सोही मार्ग पछ्याउँदै आफूले पनि भगवत गीतालाई साक्षी राखेर कसम खाएको सांसद शर्माको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *