सुन्दरहरैंचामा तमु ल्होसार २८६७ बिबिध कार्यक्रम गरि मनाए

एलएन गच्छदार / सुन्दरहरैंचा

गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाएका छन । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । त्यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ नेपाल खडग बौद्ध गुम्बा सेवा समितिले तमु ल्होसार २८६७ बिबिध कार्यक्रम गरि मनाएका छन।

नगर उपप्रमुख अकली चौधरीले सो कार्यक्रमको उदघाटन गर्दै शुभकामना व्यक्त गरिन । साथै नगर उपप्रमुख चौधरीले नगरपालिकाको आय स्रोतलाई मध्यनजर गर्दै नगरपालिकाको बजेट निर्माण गरेको बताउदै वडाबाट ५ लाख खडग बौद्ध गुम्बा सेवालाई छुट्याएको बताइन। साथै आवश्यक पहल र यसको बिकास निर्माणका लागि थप पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन।

सो कार्यक्रममा नेपाली कांग्रेस  मोरंग क्षेत्र नं. ६ का सभापति देवराज तमाङले कार्यक्रमलाई सम्बोधन गर्दै बौद्ध गुम्बालाई आफ्नो व्यक्तिगत सहयोग समेत गर्न तत्पर रहेको बताउदैं बौद्ध समुदायको गुम्बा मात्र होइन यो सबैको सम्पति रहेको बताउदैं यसको संरक्षण गर्दै यसको थप बिकासका लागि यस क्षेत्रका संघिय सांसद डा. शेखर कोइरालासंग समेत पहल गर्ने बताए।

सो अवसरमा वडा अध्यक्ष गणेश चौधरीले बिकास निर्माणले मात्र नगर समृद्धि हुन् नसक्ने बताउदै थप सिपमुलक कार्यक्रम दिएर आर्थिक उपार्जन तर्फ अग्रसर गराउनु पर्ने बताए। वडा अध्यक्ष चौधरीले गुरुङ समुदायको लागि आफु निर्वाचित भएपछी सुरु बर्षमै यस बौद्ध गुम्बाका लागि ५ लाख बजेट बिनियोजन गरेर कम्पाउण्ड वाल निर्माण भएको बताउदै थप ५ लाख यस आर्थिक बर्षमा समेत विनियोजित गरेको उल्लेख गरे।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाएका छन ।

आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ । विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झन्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्ड्याएको हामीमध्ये सबैले देखेका छौ । आज यसरी झुण्ड्याइने यस्ता झण्डा अनि त्यसमा कूदिएका मन्त्रहरु लगायत ति झण्डालाई फर्रर हल्लाउने हिमाली वतासहरुले सबैको वर्षभरि कल्याण गर्ने जनविश्वास रहेको छ ।

किसान जीवनशैली अनि मौसम र प्रकृतीको निकटता प्रतिबिम्बीत गर्न ल्होसार शदियौं देखि सक्षम छ । बिभिन्न भाग या नाममा ल्होसारलाई बाँडेपनी सबै ल्होसारहरुको एउटै मूभूत उदेश्य छ, नयाँ बर्षको स्वागत गर्ने ।यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दै मनाएको नेपाल खडग बौद्ध गुम्बा सेवा समिति अध्यक्ष चक्र बहादुर गुरुङले बताए।

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । यि जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, मृग र सुंगुरहरु पर्दछन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ, तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार ।

तमु समूदायको विशेषतः गुरुङहरुको यूवायूवतीहरु मध्ये रोधीघर चलन एदमै चर्चित छ । उमेर पुगेका छोराछोरीहरु अभिभावकको निगरानीमा रोधीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ । यो अन्त्यन्तै पारम्परिक तथा स्वतन्त्र प्रजातान्त्रीक अभ्यास भएको संस्कृतिका रुपमा मान्न सकिन्छ, जुन एउटा ठूलो सम्पत्ति पनि हो । आजभोली शहरमा गल्लीपिच्छे देखिने सस्ता अनि हो-हल्लामात्र हुने रोधीघरहरुले भने तमु समूदायको यो शालिन र सभ्य संस्कारको गहिरो तहलाई बुझ्न सकेका छन् या छैनन, मनन गर्न जरुरी छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *