सुन्दरहरैंचा नगर अस्पतालमा ६ करोड लागतमा प्रशासनिक भवन निर्माण, नगर प्रमुखको अवलोकन

 

एलएन गच्छदार/ सुन्दरहरैंचा

सुन्दरहरैंचा नगरपालिकाको गौरवको परियोजनाका रूपमा रहेको नगर अस्पतालमा प्रशासनिक भवन निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ। करिब ६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सो भवनको नगर प्रमुख केदार प्रसाद गुरागाईले शुक्रबार अवलोकन गरेका छन्।

सुन्दरहरैंचा नगरपालिका वडा नं. १ मा अवस्थित नगर अस्पतालको प्रशासनिक भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। सो परियोजना नगरपालिकाको पहलमा सञ्चालित भइरहेको छ, जसअन्तर्गत अत्याधुनिक प्रशासनिक संरचना निर्माण गरिनेछ।

परियोजनाको निर्माण कार्यका लागि प्रबिन निर्माण सेवा, दमक–५, झापा चयन गरिएको छ। सो निर्माण कम्पनीसँग २२ चैत्र २०८१ मा सम्झौता भएको हो। सम्झौता अनुसार कुल लागत ६ करोड ५१ लाख ५३ हजार ८८० रुपैयाँ ०४ पैसा (भ्याट तथा पीएस सहित) रहेको छ।

परियोजना सम्झौताअनुसार २५ बैशाख २०८४ भित्र सम्पन्न गरिनुपर्नेछ। समयमै तथा गुणस्तरीय रूपमा निर्माण कार्य सम्पन्न गर्न नगरपालिकाले सबै आवश्यक समन्वय गर्ने जनाएको छ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका  विनोद न्यौपानेका अनुसार अस्पताल प्रशासनिक भवन निर्माणले स्वास्थ्य सेवा व्यवस्थापनमा प्रभावकारी सुधार ल्याउने अपेक्षा गरिएको छ। भवन सम्पन्न भएपछि सेवा प्रवाह थप सहज, प्रभावकारी र उत्तरदायी हुने जनाइएको छ।

नगर प्रमुख गुरागाईंले अस्पताल परिसरमा निर्माण भइरहेको आधुनिक प्रशासनिक भवनको निरीक्षण गर्दै निर्माणको गुणस्तर र समयसीमा भित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्। उनले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल पूर्वाधार विस्तारमा नगरपालिकाले विशेष प्राथमिकता दिएको उल्लेख गरे।

“सुन्दरहरैंचाको विकासको मेरुदण्डको रूपमा हामीले नगर अस्पताललाई लिएको छौं,” नगर प्रमुख गुरगाईंले भने, “यो प्रशासनिक भवन सम्पन्न भएपछि स्वास्थ्य सेवाको प्रभावकारिता अझ बढ्नेछ।”

नगर अस्पताल स्वास्थ्य व्यवस्थापन समिती सदस्य इन्द्र भट्टराईका अनुसार नगर अस्पतालको सम्पूर्ण प्रसाशनिक कार्य देखि कर्मचारी आवास तथा तालिम हल सहित निर्माण  प्रस्ताव गरेको बताएका छ्न। साढे २ तल्ले भवन निर्माण

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका  विनोद न्यौपानेका अनुसार अस्पताल प्रशासनिक भवन निर्माणले स्वास्थ्य सेवा व्यवस्थापनमा प्रभावकारी सुधार ल्याउने अपेक्षा गरिएको छ। भवन सम्पन्न भएपछि सेवा प्रवाह थप सहज, प्रभावकारी र उत्तरदायी हुने जनाइएको छ।

नगर अस्पतालमा हाल दैनिक सयौं बिरामीले सेवा लिइरहेका छन्। भवन सम्पन्न भएपछि सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *