थारु महिलाहरुका लागि सिप विकास तालिमको उद्घाटन समारोह
थारु महिलाहरुका लागि सिप विकास तालिमको उद्घाटन समारोह
एलएन गच्छदार
सुन्दरहरैचा, जेठ १५ – सुन्दरहरैचा नगरपालिकामा थारु सांस्कृतिक संग्रहालयको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने “थारु समुदायका महिलाहरुका लागि कल्चरल सिप विकास कार्यक्रम” अन्तर्गत ढकिया तथा पटिया बनाउने १५ दिने तालिमको उद्घाटन समारोह बुधबार भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका उप–प्रमुख अकली चौधरी प्रमुख अतिथि रहनु भएको थियो भने वडाध्यक्ष कैलाश बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा विभिन्न समाजसेवी, स्थानीय अगुवाहरू तथा तालिम सहभागी महिला दिदीबहिनीहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै उप–प्रमुख चौधरीले थारु समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन सिप विकास अत्यन्तै जरुरी भएको बताउनु भयो। वडाध्यक्ष बस्नेतले पनि तालिमले महिलाहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
थारु सांस्कृतिक संग्रहालय अध्यक्ष चिन्टुलाल चौधरीले संस्थाले तालिममा सहभागी सबैलाई शुभकामना दिँदै उपस्थित सम्पूर्ण अतिथि तथा सहयोगी निकायप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।




