बिराटनगरमा लागुऔसध बोकेको २ वटा सवारी साधन सहित ४ जना पक्राउ
बिराटनगर : मोरङको बिराटनगर महानगरपालिका- १५ र १७ स्थितबाट प्रतिवन्धितलागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा संकास्पद अवस्थामा रहेको बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलो ग्राम गाँजा बरामद भए संगै उक्त कार चालक बिराटनगर-१५ का ३२ बर्षीय गणेश चौधरी र कारमा सवार रहेका बिराटनगर-१३ का २२ बर्षीय रोजेश परियारलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
यसैगरी,बिराटनगर-१७ मण्डा पोखरी स्थितमा संकास्पद अवस्थामा रहेको को. २ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा १४६ किलो ग्राम गाँजा बरामद गरेको हो ।
लागुऔषध गाँजा बरामद भए संगै गाडी, चालक सुनसरी धरान-१७ का ४५ बर्षीय सुक्षिम राई र गाडीमा सवार धरान-११ का ४६ बर्षीय देवराज राईलाई समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।
