सुन्दरहरैंचा नगरसभाको १७औँ अधिवेशन सम्पन्न, बजेट संशोधन र विभिन्न विधेयक प्रस्तुत
सुन्दरहरैंचा नगरसभाको १७औँ अधिवेशन सम्पन्न, बजेट संशोधन र विभिन्न विधेयक प्रस्तुत
सुन्दरहरैंचा (मोरङ) ।
सुन्दरहरैंचा नगरसभाको १७औँ अधिवेशन सम्पन्न, बजेट संशोधन र विभिन्न विधेयक प्रस्तुत
सुन्दरहरैंचा (मोरङ) । सुन्दरहरैंचा नगरपालिकाको १७औँ नगरसभा अधिवेशन आज विविध कार्यसूचीका साथ सम्पन्न भएको छ।
अधिवेशनमा नगर उप–प्रमुख अकली चौधरीले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक ऐन, २०८२ र विनियोजन ऐन, २०८२ लाई पहिलो पटक संशोधन गर्न बनेका विधेयकहरू सभामा टेबल गरेका थिए।
त्यसैगरी, विधायन समितिका संयोजकले विभिन्न महत्वपूर्ण विधेयकहरू सभामा प्रस्तुत गरेका थिए। प्रस्तुत विधेयकहरूमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था, जलस्रोत उपयोग तथा व्यवस्थापन, तथा न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन ऐन संशोधनसम्बन्धी प्रस्तावहरू समावेश रहेका थिए।
प्रस्तुत प्रस्तावहरूमाथि नगरसभा सदस्यहरूले आ-आफ्ना धारणा राख्दै विस्तृत छलफल गरेका थिए। छलफलका क्रममा उठेका जिज्ञासा तथा सुझावहरूमाथि नगर प्रमुख केदार प्रसाद गुरागाईंले सम्बोधन गर्दै स्पष्टिकरण दिएका थिए।
अन्त्यमा, सभाध्यक्षले प्रस्तुत सबै विधेयक तथा प्रस्तावहरू निर्णयार्थ पेश गरेका थिए, जसमा आर्थिक ऐन र विनियोजन ऐन संशोधनसहित विभिन्न विषयगत विधेयकहरू समावेश रहेका थिए।
कार्यक्रमको समापन नगरसभाका अध्यक्षबाट धन्यवाद ज्ञापनसहित १७औँ अधिवेशन समापन घोषणा गर्दै गरिएको थियो।




