माधव केसीले जिते किन दुख्छ मुटु बाट उत्कृष्ट मोडल अवार्ड

दोस्रो  विराट म्युजिक तथा फिल्म अवार्ड २०८० हरि आचार्य द्वारा लिखित किन दुख्छ मुटु बोलको गीतको म्युजिक भिडियोले उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको छ । अन्जु पन्तको स्वरमा रहेको उक्त गीतमा मोडल तथा अभिनेता माधव केसी र लजिना सुवेदी अभिनीत म्युजिक भिडियोले उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको हो । सेलिव्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आयोजित अवार्ड समारोहमा गीतका मोडल माधव केसीलाई उक्त अवार्ड प्रदान गरियो । 

हरी आचार्यले लेखेको उक्त गीतको सङ्गीत नवीन कार्कीले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन भने चलचित्र निर्देशक नवल नेपालले गरेका हुन् । अवार्ड समारोहमा निर्देशक नेपालको समेत उपस्थिति रहेको थियो । 

यो अवार्ड प्राप्त गरेसँगै थप जिम्मेवारीको महसुस गरेको छु । मेरो कामको मूल्याङ्कन गरी अवार्ड प्रदान गर्नुहुने जुरी टिम तथा आयोजक प्रति धन्यवाद ज्ञापन गर्दछु विशेष अनलाइन सँगको कुराकानीमा गीतका मोडल माधव केसीले भने । 

मदन कास्यप घिमिरेले छायांकन गरेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *