सुन्दरहरैचामा बसले स्कुटरलाई ठक्कर दिंदा एक जना गम्भीर घाइते
योगेन्द्र योगी
बिराटनगर : मोरङमा शनिबार करिव ९:३० बजे तिर भएको सवारी दुर्घटनामा एक जना एक जना गम्भीर घाइते भएका छन्।
सुन्दरहरैचा नगरपालिका ७ स्थित ठडिया चोकमा बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक उदयपुर त्रियुगाका दिपेन राई गम्भीर घाईते भएको प्रहरी चौकी गछियाकी सहायक हल्वादर टिका बिष्टले जानकारी दिईन्।
सहायक हल्वादर बिष्टका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको बसले पश्चिमबाट पूर्व आउँदै गरेको स्कुटरलाई ठक्कर दिंदा चालक राई गम्भीर घाइते भएको र उनलाई उपचारको बिराटनगरस्थित नोबेल अस्पताल पठाईएको सहायक हल्वादर बिष्टले बताईन्। घटना लग्यतै बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
