लायन्स क्लब अफ इन्द्रपुरको आयोजना तथा पिएलओ ग्रुपको सहकार्यमा ह्वीलचेयर वितरण कार्यक्रम

सुन्दरहरैंचा
लायन्स क्लब अफ इन्द्रपुरको आयोजनामा र पिएलओ ग्रुपको सहकार्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत ह्वीलचेयर वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

समाजमा विशेष आवश्यकता भएका व्यक्तिहरूको सहज जीवनयापनका लागि लक्षित गरी सम्पन्न कार्यक्रममा स्थानीय स्तरका नागरिक, क्लब सदस्यहरू तथा सरोकारवाला पक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रममार्फत शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई निःशुल्क ह्वीलचेयर प्रदान गरिएको हो।

लायन्स क्लबका पदाधिकारीले समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै यस्ता सहकार्य अझ निरन्तर रुपमा गरिने प्रतिबद्धता जनाए। पिएलओ ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक भोलेश्वर दुलालले मानवता र सामाजिक सेवाको भावनाले प्रेरित भएर आगामी दिनहरूमा समेत यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिने बताएका छन्।

सहभागी लाभग्राही तथा स्थानीय समुदायले क्लब र ग्रुपको यो कार्यको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *