सुन्दरहरैंचामा  १६ दिने लैंगिक हिंसा बिरुद्ध सचेतना कार्यक्रम

एलएन गच्छदार

सुन्दरहरैंचा / मङ्सिर १० गते

सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ सलकपुरमा हिंसामा परेका तथा लक्षित समुदायको बस्तीमै गएर शनिबार  लैङगिक हिंसा बिरुद्धको १६  दिने कार्यक्रमको पहिलो दिन “लैंगिक हिंसा बिरुद्ध सचेतना कार्यक्रम  संचालन गरिएको छ।

सो वडाका अध्यक्ष  खेमप्रसाद न्यौपानेले कार्यक्रममा उदघाटन गर्दै लक्षित वर्गका समुदायमा, घर आगनमै कार्यक्रम गर्नु उपलब्धिमुलक रहेको बताए। न्यौपानेले महिलाहरुको सवालमा कार्यक्रम गर्नु सकारात्मक रहेको बताउदै लक्षित वर्गको महिलाको प्रत्यक्ष सहभागिता भएको कार्यक्रममा हिँसा न्यूनीकरणमा जोड दिन सचेतना अभिबृद्ध गर्न आवश्यक रहेको उल्लेख गरे  ।

बिभिन्न कार्यक्रमसहित  लैङगिक हिंसाबिरुद्धको १६ दिने अभियानमा  सचेतनामुलक अन्तरक्रिया गरी मेचि महाकाली बुहारी संयुक्त आवाजको  आयोजना संचालन भएको हो । कार्यक्रममा  मोरङ शाखा संयोजक तारा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले हिँसामा परेका महिलालाई नजिकैको न्यायिक समिति, प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।

हाम्रै समाजमा पछिल्लो समय हिंसाका घटनाहरूको बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले कार्यक्रम संचालन गरेको हो । लैङ्गिक हिंसा के हो ? न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा सामाजिक अभियन्ता तथा मनोविमर्शकर्ता सुशीला सुवेदीले कार्यक्रममा सहजीकरण गरेकी थिइन् ।साथै सुबेदीले १६ दिने अभियान मात्रले हिँसा न्यूनीकरण नहुने कुरामा जोड दिदै ३ सय ६५ दिनमै सबै लाग्नु पर्ने आह्वान गरिन। यसमा नगरपालिका, जनप्रतिनिधी, सरोकारवालाको समेत ध्यान आकर्षण हुन् आवश्यक रहेको उल्लेख गरिन ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

उक्त कार्यक्रममा मेचीमहाकाली  बुहारी संयुक्त आवाजकी कोशी प्रदेश संयोजक पिंकी थापा, WHRD सुन्दरहरैचाकी  संयोजक अन्जु सिग्देल लगायतको उपस्थिति रहेको थियो  ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *