किसानको समस्या नसुनिदिदा, पराभेटेनरी एण्ड लाइभष्ट कार्यक्रममा भयो असहज परिस्थिति

एलएन गच्छदार

सुन्दरहरैंचा मङ्सिर १४ गते

“दिगो बिकास एवम समृद्ध नेपाल निर्माण , पशु बिकासको आवश्यकता, प्रबिधि र प्राबिधिक जनशक्तिको सकृयता आजको आवश्यकता ” नारा संगै नेपाल पराभेटेनरी एण्ड लाइभष्ट एसोसिएसन कोशी प्रदेशले ३४ औं स्थापना दिवस मनाउने क्रममा  कार्यक्रम  बिथोलिएको छ।

उक्त स्थापना दिवसको अवसरमा “दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानका बिकल्प ” सम्बन्धि अन्तरक्रिया गोष्ठी समेत  राखिएको थियो। तर आयोजकको फितलो र कमजोरी ब्यबस्थापनका  कारण कार्यक्रममा उदघाटन गर्न पुगेका मुख्यमन्त्री केदार कार्कीले  कार्यक्रमलाई सम्बोधन गर्न पाएन्न।

 बोल्ने क्रममा किसानको गुनासो  सुन्नु पर्छ भन्ने माग आएपछि   मुख्यमन्त्रीले पोडियमै आफु उभिएर जनताको गुनासो सुने। तर कार्की समय ब्यस्तताका कारण सटिक रुपमा राख्न भनेपछि सहभागीबाट सबै किसानको गुनासो सुन्नु पर्छ भन्ने माग आयो ।

पोड़ीयममै उभिएर मुख्यमन्त्री कार्कीले छोटो रुपमा आफ्नो समस्या राख्ने समय दिएपनि किसानबाट गुनासो आउने क्रम जारी रहयो। औपचारिक कार्यक्रममा मुख्यमन्त्री कार्कीलाई आयोजकले बोल्ने समय दिएतापनि त्यतिबेला एक सहभागी आफ्ना कुरा राखेपछि क्रमश: सुनसरी जिल्ला  दुग्ध उत्पादक संघका अध्यक्ष राजेन्द्र धमलाले किसान र डेरीको समस्या प्रति मुख्यमन्त्रीलाई ध्यानाकार्षण गराउदै गर्दा थप केहि सहभागीबाट हामीले पनि  गुनासो र समस्या राख्नुपर्छ भन्दै नाराबाजी आएपछि माहोल असज परिस्थिति र अब्यबस्थित हुन् पुगेको थियो ।

दुग्ध किसान र डेरी संचालक , उधोग संचालक लगायतको सहभागीता रहेको उक्त कार्यक्रममा सम्बोधन गर्न पुगेका मुख्यमन्त्री कार्कीलाई केही सहभागीले आक्रमक शैलीले प्रस्तुत र नाराबाजी गरेपछी कार्यक्रम स्थलबाट बाहिरिएका थिए।

कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश, बिराटनगरको  सहयोग र समन्वयमा भएको उक्त कार्यक्रममा आयोजकले नै केही सहभागीलाई उचालेको आरोप छ भने आयोजकको फितलो ब्यबस्थापनले कार्यक्रम बिथोलिएको केही सहभागीको समेत गुनासो रहेको थियो। कामधेनु दुग्ध बिकास सहकारी संस्था लिमिटेड तरहरा सुनसरीका अध्यक्ष यादप ढकालका अनुसार सरकारले किसानको गुनासो र समस्या सुन्नु पर्ने बताए भने केहि समयपछी कार्यक्रम पुन संचालन भएको ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *