बस भित्रै तासकाे अखडा : चार जना पक्राउ

भक्तपुर । भक्तपुरमा बसभित्र तास खेलिरहेका चार जना पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेट्रोल पम्प पछाडि पार्किङ गरिराखेको सैलुगेश्वरीदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको उनीहरूलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ । 

भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीका अनुसार उनीहरूको साथबाट ७१ हजार नगद र एक बुक तास बरामद गरिएकाे हाे । उनीहरूलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने काम भइरहेको उनले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ